तपाईँ सुन्दै हुनुहुन्छः

सालको काठसहित मोटरसाइकल नियन्त्रणमा

बारा । डिभिजन वन कार्यालय बाराले तीन थान सालको काठसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका १६ मगर टोलबाट अवैध सालको गोलिया लोड रहेको अवस्थामा ना ५८ प ९५०८ न. को मोटरसाइकल गए राति नियन्त्रणमा लिइएको सहायक वन अधिकृत ललन राउतले जानकारी दिनुभयो ।

वन गस्ती टोलीलाई देखेर काठ तस्कर फरार रहेकाले खोजी भइरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button