तपाईँ सुन्दै हुनुहुन्छः

सुख्खा पहिरो खस्दा हेलम्बुका ११ घर उच्च जोखिममा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ उर्लेनीमा सुख्खा पहिरो खस्दा ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घर पनि जोखिममा छन् ।

उर्लेनीको बिसौनीबाट साप्रे जाने बाटोमा ५०० मिटर जति लामो पहिरो खसेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । अहिले तत्कालको लागि विस्थापितहरूलाई ५ वटा टेन्ट र ५ वटा त्रिपाल गाउँपालिकाले उपलब्ध गराएको छ ।

पहिरोले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सीमा भएको तालामाराङ खोला थुनिन सक्ने जोखिम देखिएपछि तालामाराङ बजार क्षेत्रमा रहेका स्थानीयलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button