बाढीले बगाउँदा २५ वर्षको भाले गैँडाको मृत्यु
चितवन । बाढीले बगाउँदा २५ वर्षको भाले गैँडाको मृत्यु भएको छ ।
गत साउन १२ गते भारततर्फ पर्ने गण्डक ब्यारेजको ढोका नजिक गौँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
मृत गैँडा नेपालकै भएपनि बगाएर भारतकोभूमिमा लगेको र मृत फेला परेकोले भारतको वाल्मीकि टाइगर रिजर्भको प्राविधिक टोलीले पोस्टमार्टम गरी भारतमा नै गाडेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । भारतको ऐन नियम अनुसार गैँडाको खाग र खुर जलाइएको तिवारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्