तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा १ सय ४३ किलोग्राम गाँजा बरामद

वीरगञ्ज । वीरगन्ज महानगरपालिका २४ बहुअरी चोकमा रोकी राखिएको भारतीय नम्बरको ट्रकबाट सशस्त्र प्रहरीले १ सय ४३ किलोग्राम गाँजा बरामद गरेको छ ।

गएराति ११ बजे ड्राईपोर्ट–परवानीपुर सडक खण्डस्थित पवनपुत्र पेट्रोल पम्पदेखि करिब एक सय मिटर उत्तरतर्फ बहुअरी चोकमा रोकिराखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रक खानतलासी गर्दा १ सय ४३ किलो ५ सय ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगञ्जका सूचना अधिकारी डिएसपी सन्तोष कुमार बस्नेतले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त ट्रकको सवारी चालक क्याबिन माथिको हुडमा बाकसमाथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला पारेको बस्नेतले बताउनुभयो ।

गाँजासहित पक्राउ परेको ट्रकलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी पर्साका उपरीक्षक तेज प्रसाद पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button