क्राइमियामा भण्डारण गरी राखिएको बारुदसहितका शस्त्र सामग्री विस्फोटन
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/08/nkpj91o4_crimea-blast_625x300_10_August_22-1024x630.jpg)
काठमाडौं । रुसले आफ्नो भूभागमा गाभेको क्राइमिया प्रायद्वीपमा भण्डारण गरी राखिएको बारुदसहितका शस्त्र सामग्री विस्फोटन भएका छन् ।
रुसी पर्यटकहरूको प्रमुख पर्यटकीय गन्तव्य रहेको क्राइमियामा कुल १२ विस्फोटन भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
विस्फोटन युक्रेनले गराएको हुन सक्ने प्रारम्भिक आकलनको खण्डन गर्दै रुसले प्राविधिक गडबडीका कारण विस्फोटन भएको बताएको छ ।
विस्फोटनमा हाल सम्म एक जनाको मृत्यु हुनमा साथै थप केही घाइते भएका रोयटर्सले जनाएको छ ।
रुसले क्राइमियालाई युक्रेनबाट अलग्याएर सन् २०१४मा आफ्नो भूमिमा गाभेको थियो ।
प्रतिक्रिया राख्नुहोस्