तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलमा जग्गा नापजाँचको काम सुरु

रुपन्देही । बुटवलमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ बाट नापजाँचको काम उद्घाटन गर्नुभएको हो । त्यस क्रममा नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिइने बताउनुभयो ।

जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम सुरु गर्न सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा वडा नं. १७ का अध्यक्ष ज्ञानबहादुर रेग्मीले नाप जाँचमा वडाको तर्फबाट समन्वय र सहकार्य हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button