प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले पर्वतमा करेन्ट लागेर एकजनाको मृत्यु भएको र चार जना घाइते भएको घटनाले सर्वसाधरणमा त्रास बढेकाले तत्कालै विजुलीको तार र पोल व्यवस्थापन गर्नुपर्ने, नागरिकतामा दलित समुदायको अपमान हुनेगरी नाम लेखिदिने कर्मचारीलाई तत्काल निलम्बन गर्न माग गर्नुभयो ।
सांसदहरुले राजपत्रअंकित कर्मचारीको तलब वृद्धिको विषयलाई लिएर नासुहरुले गरेको आन्दोलनले मुलुकको कर्मचारीहरुमा असमानता र विभेद हुन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्