पहिरोले जंगलछापमा दुई घरमा क्षति, १२ घर उच्च जोखिममा

सिन्धुपाल्चोक । निरन्तर वर्षाले पहिरो जाँदा चौतारा साँगाचोकगढी नगरपालिका १३ जंगलछापमा दुई घरमा क्षति पुगेको छ । पहिरोका कारण थप १२ घर उच्च जोखिममा परेका छन् ।
मानवीय क्षति भने नभएको पत्रकार सुरेश कसजुले जानकारी दिनुभयो । यसैबीच पहिरो गएको स्थानको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले निरीक्षण गर्नुभएको छ । उहाँले पहिरो प्रभावितलाई तत्काल राहत सहयोग तथा स्थानान्तरण गरिने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्