काबुलमा सडकमा बसी भिक्षा माग्नेलाई व्यवस्थापन गर्न निर्देशन
काबुल। काबुलमा सडकमा बसी भिक्षा माग्ने बालबालिका तथा वयस्क मानिसहरूलाई हटाउन र उनीहरूलाई रोजगारी र शिक्षा उपलब्ध गराउन तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले निर्देशन दिनुभएको छ ।
सत्ताधारी तालिबान समूहका सर्वोच्च नेताले भिखारीहरूलाई सडकमा भिक्षा माग्न प्रतिबन्ध लगाउने तर उनीहरूलाई रोजगारी वा शिक्षा प्रदान गर्न आदेश दिएको सरकारी समाचार संस्था बख्तरले सोमबार जनाएको छ ।
हिबतुल्लाह अखुन्दजादाले आफ्नो आदेशमा प्रशासनका सम्बन्धित निकायलाई काबुल शहरका सडकमा रहेका सबै भिखारीहरूलाई पक्राउ गर्न र समस्याको सौहार्दपूर्ण समाधान खोज्न निर्देशन दिनुभएको छ ।
“सबै भिखारीले बायोमेट्रिक प्रक्रियाद्वारा रेकर्ड राखिने र यदि उनीहरू फेरि सडकमा बसी भिक्षा मागेमा नक्कली भिखारीको हेरचाह गर्नेहरू जिम्मेवार हुनेछन्,” बख्तरले आदेशलाई उद्धृत गर्दै लेखेको छ ।
तालिवान नेताले कुनै पनि क्षेत्रमा दक्ष वयस्क मगन्तेलाई सरकारले रोजगारीको अवसर उपलब्ध गराउने र सडकमा मागी गुजारा गर्दै आएका बालबालिकालाई विद्यालय पठाउने बताउनुभयो ।
आदेशमा भनिएको छ, “काम गर्न नसक्ने कमजोर वास्तविक भिखारीलाई सरकारले मासिक भत्ता उपलब्ध गराउनेछ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार तीन करोड ५० लाखभन्दा बढी जनसङ्ख्यामध्ये करिब दुई करोड अफगानीले खाद्यान्न अभावको सामना गरिरहेका छन् ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्