तपाईँ सुन्दै हुनुहुन्छः

‘मिटरब्याजी’ आरोपी  रौनियार पक्राउ

सर्लाही ।  चर्को व्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोप लागेका सञ्जय साह रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । 

केही दिनअघि महोत्तरीको बर्दिबासबाट पक्राउ परेका ५२ वर्षीय रौनियारलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याइएको हो । ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर निवासी रौनियारविरुद्ध ठगी आरोपमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो वर्षौँ अघिदेखि आइरहेको थियो । 

सो गुनासोसहित प्रहरीमा उजुरी नै परेपछि लामो समयसम्म भारतमा लुकिछिपी बस्दै आएका रौनियारलाई प्रहरीले यो पटक भने पक्राउ गर्न सफल भएको हो । आइतबार आज सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद लिएर रौनियारमाथिको अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका निमित्त प्रमुख डिएसपी विजय यादवले बताए । पछिल्लो समय मधेशका जिल्लामा घर व्यवहार धान्न मिटरब्याजमा ऋण लिने विपन्न वर्गका मानिसहरू ऋण बुझाउन नसक्दा बिल्लीबाठ हुने क्रम बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button