तपाईँ सुन्दै हुनुहुन्छः

खेतमा घाँस काटेको विषयमा झगडा हुँदा घाइते एक महिलाको मृत्यु

सुनसरी । खेतमा घाँस काटेको विषयमा झगडा हुँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । 

गत साउन १३ गते शुक्रबार सङ्गीता देवी रायको खेतमा घाँस काटेको विषयमा झगडाको क्रममा गम्भीर घाइते भएकी सुनसरीको बर्जू गाउँपालिका वडा नम्बर ३ को २६ वर्षीय चन्द्रकला देवी रायको मृत्यु भएको हो । 

चन्द्रकलालाई उपचारको लागि कोसी अस्पताल विराटनगर ल्याएकोमा उनको आइतबार राती १२ः०० बजे उपचारको क्रममा मृत्यु भएको उनको श्रीमान् सकलदिप रायले बताउनुभयो । 

मृतक चन्द्रकलादेवीलाई छिमेकी सङ्गीता र उनका परिवारले घाँस काटेको विषयलाई लिएर निर्घात कुटपिट गरेको मृतकका श्रीमान् रायले बताउनुभयो ।

कुटपिटको विषयमा छिमेकमा नै जनप्रतिनिधिहरू मिलेर मिलाउन खोजे पनि पीडितका आफन्त मानेका थिएनन् ।

मृतक महिलाको शव पोष्टमार्टमको लागि कोसी अस्पतालको शव गृहमा राखिएको छ । मृतकका आफन्तले छिमेकी सङ्गीता कुमारी रायविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझीका अनुसार आरोपित सङ्गीता कुमारी रायलाई पक्राउ गरी हिरासतमा लिएको र पक्राउ परेका रायको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button