तपाईँ सुन्दै हुनुहुन्छः

युवाहरूद्वारा निःशुल्क रुपमा सडक मर्मत

अछाम । मङ्गलसेन नगरपालिका ६ मा युवाहरूले सडक मर्मत गरेका छन् । वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको नेतृत्वमा वडा कार्यालयदेखि सिस्नेडीसम्म करिब १ किलोमिटर सडक मर्मत गरिएको हो ।

वर्षाले सडक चिरिएको, भत्किएको तथा पानी जमेर सवारी आवागमनमा समस्या हुन थालेपछि युवाहरूले निःशुल्क रुपमा सडक मर्मत गरेका हुन् । वर्षाले सडक बिगारेर मोटरसाइकल, एम्बुलेन्स तथा अन्य अत्यावश्यक सवारी साधन समेत आउन नसक्ने अवस्था भएपछि सडक मर्मत गरिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

त्यस क्रममा सडकका खाल्डाखुल्डी पुर्नुका साथै नाली समेत बनाइएको छ ।

सडक मर्मतमा वडा सदस्य दुर्गाप्रसाद भण्डारी, कुलानन्द भण्डारी, राजेश्वर भण्डारी, चन्द्रप्रसाद भण्डारी, शिवराज भण्डारी, टङ्कप्रसाद भण्डारी, खगेन्द्र प्रसाद भण्डारी, पुष्पराज भण्डारी, प्रेमप्रसाद भण्डारी, गोरप्रसाद भण्डारी, धनिराम खत्री, बृख, खत्री, देवेन्द्र प्रसाद खत्री, तपेन्द्र भण्डारी, उपेन्द्र भण्डारी, टेकराज भण्डारी लगायतको सहभागिता रहेको थियो ।

सडक मर्मतपछि एम्बुलेन्स, जीप लगायतका सवारी साधनको आवागमनमा सहज हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button