ठुलो परिणाममा गाँजा बरामद

सुनसरी । मोरङको जहदा गाउँपालिका–३ ठुलो हातिबन्दाबाट प्रहरीले ठुलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा शनिवार बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुसाराम राजवंशीको घर पछाडि रहेको कटेरोमा प्लाष्टिकमा प्याक गरी बोरामा हाली लुकाइछिपाई राखिएको ३८ किलो गाँजा बरामद गरेको हो ।
राजवंशीको घरबाट गाँजा बरामद भएता पनि राजवंशी फेला नपरेको तथा उनको खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्