मेलम्ची-हेलम्बु सडक सञ्चालनमा

सिन्धुपाल्चोक । वर्षाले अवरुद्ध मेलम्ची-हेलम्बु सडक सञ्चालनमा आएको छ । शुक्रबार रातिको बाढीले मेलम्ची-हेलम्बु सडकको ग्यालथुम, क्युल, सिमखेत लगायत क्षेत्रमा पहिरो तथा बाढी पस्दा यातायात तथा मानिस आवतजावतमै समस्या भएको थियो ।
हेलम्बुमा सबै ठाउँमा बिहानै सडक मर्मत गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । मेलम्चीको सिमखेतमा बाढीले धेरै क्षति गरेपछि आज मध्यान्नबाट पानी केही कम भएर गाडी वारपार भएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । केही बेरमा पूर्ण रुपमा सडक सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
बाढीले यस क्षेत्रमा दैनिक सडक अवरुद्ध हुने गरेको छ । यता मेलम्ची-पाँचपोखरी सडक अवरुद्ध भएको छ । खाल्डेखोलामा सडक भासिदा यातायात अवरुद्ध भएको छ । यसले पाँचपोखरी हिँडेका यात्रुलाई समस्या भएको छ । अपराह्न सम्म सडक सुचारु गरिने गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्