खानेपानीलाई थप व्यवस्थित गर्नु आवश्यक : मन्त्री बोहरा
डडेल्धुरा । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराले हरेक नागरिकलाई शुद्ध पिउने पानी उपलब्ध गराउने जिम्मेवारी सरकारको रहेकाले यसलाई थप व्यवस्थित गर्न आफूहरू लागिपर्ने बताउनुभएको छ ।
खंलगा खानेपानी उपभोक्ता समितिको छैटौँ जिल्ला अधिवेशन तथा २१ औँ सधारणसभाको आज उद्घाटन गर्नुहुँदै मन्त्री बोहराले खानेपानीलाई थप व्यवस्थित गर्न कार्ययोजना निर्माण गर्न समितिलाई आग्रह गर्नुभयो ।
उहाँले सदरमुकामको खानेपानीलाई अझ व्यवस्थित गर्नका प्रदेश र संघीय सरकारले बजेट बिनियोजन गर्ने आश्वासन समेत दिनुभयो ।
१६ धाराबाट सुरु भएको खंलगा खानेपानी उपभोक्ता समितिले झण्डै १ हजार ६ सयभन्दा बढी धारा बिस्तार गरिसकेको जनाएको छ ।
समितिले एक वर्षअघि मात्रै डडेल्धुरामा झण्डै ३८ करोडको खानेपानी योजना सम्पन्न गरेर खानेपानी आपूर्ति गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्