मानमोहनमा उपचार गर्दा बेल्कोटगढीका बिरामीलाई भारी छुट

बेल्कोटगढी । मनमोहन मेमोरियल अस्पताल र बेलकोटगढी नगरपालिका वडा नं. १० र १३ बीच दुईपक्षीय सम्झौता भएको छ ।
अस्पतालका प्रमुख निर्देशक डा. नस्तु शर्मा र बेल्कोटगढी नपा वडा न १० र १३ का अध्यक्ष प्रलाद थपलिया र नमराज पाण्डे बीच अस्पतालमा उपचार गर्न आउने बेल्कोटगढीका नगरबासीलाई छुट दिने विषयमा संझौता भएको हो ।
संम्झौता अनुसार अब बेल्कोटगढीका ६९ वर्षसम्मका बिरामीले मनमोहनमा उपचारमा गराउदा १५ प्रतिशत छुट पाउने छन् ।यसैगरी ७० देखि ७९ वर्ष सम्मका बिरामीले उपचार गर्दा २५ प्रतिशत छुट पाउने छन् भने सो भन्दा माथीका बिरामीहरुले उपचार गर्दा ५० प्रतिशत छुट सुविधा पाउने छन् ।
सम्झौता अनुसार अब मनोमहन अस्पतालले बेलकोटगढी वडा नं. १० र वडा १३ मा आगामी भदौदेखि प्रत्येक महिना एक दिने स्वास्थ्य शिविर संचालन गरिनेछ । शिविरमा स्थानीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।
यसैबीच वेलकोटगढी वडा नं. ९ र ११ बीच पनि यस्तै संझौता गर्न लागिएको वडा नं. १३ का वडा अध्यक्ष नमराज पाण्डेले जानकारी दिनुभयो । वडावडा बीच सम्झौता भएपनि यो सुविधा सबै नगरबाशीले लिनसक्ने वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्