जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
चितवन । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ६ की ५९ वर्षीया माया विक रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार विक स्थानीय दक्षिणकाली सामुदायिक वनमा मध्यान्ह साथीहरूसहित घाँस काट्न गएकी थिइन । सोही क्रममा जङ्गली हात्तीले एक्कासी आक्रमण गर्दा विकको मृत्यु भएको हो ।







प्रतिक्रिया राख्नुहोस्