तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक वर्षको अवधिमा ३ सय १४ जनाद्वारा आत्महत्या

झापा । झापामा एक वर्षको अवधिमा ३ सय १४ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार धेरै आत्महत्या गर्नेमा १६ देखि २५ वर्ष उमेरका युवायुवती रहेका बताइएको छ ।

आर्थिक वर्ष ०७८–७९ मा धेरै आत्महत्या गर्ने उमेर समूहमा १६–२५ वर्षका युवा युवती परेका छन् । सो उमेर समूहका ८१ जनाले आत्महत्या गरेको झापा प्रहरीले जनाएको छ ।

यस्तै १०–१५ वर्षका १५, २३–३५ वर्षका ५०, ३६–४५ वर्षका ६३, ४६–६० वर्षका ६० र ६०–९३ वर्षका ४५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button