तपाईँ सुन्दै हुनुहुन्छः

इन्ट्रा फाउण्डेशनले भुटानी शरणार्थीका लागि ३० वटा घर बनाइदिने

भद्रपुर, झापा । अमेरिकामा रहेका शरणार्थीहरूले सञ्चालन गर्दै आएको सामाजिक संस्था इन्ट्रा नेशनल वेयलफेर एण्ड सपोर्ट फाउण्डेशनले झापा बेलडाँगी रहेका शरणार्थीका लागि ३० वटा घर बनाइदिने भएको छ ।

जस्तापाताको छानो, बाँसको बेरा र भुईँमा पक्की ढलान गरेर घरहरू निर्माण गरिने फाउण्डेशनका प्रतिनिधि मेग सुवेदीले जानकारी दिनुभयो । प्रत्येक घर निर्माणमा एक लाख ५० हजार खर्च हुने उहाँको भनाइ छ ।

बेलडाँगी शिविरमा रहेकामध्ये दयनीय छाप्रोमा बसोबास गर्दै आएका शरणार्थीहरूको घर निर्माण गर्न इन्ट्रा फाउण्डेशनले अग्रसरता लिएको हो । 

फाउण्डेशनका प्रतिनिधिहरूले हालै शिविरको अवलोकन गरेपछि घर बनाइदिने निर्णय गरिएको सुवेदीको भनाइ छ ।

यस्तै, फाउण्डेशनले शिविरका ७५ वर्षमाथिका १५० जना वृद्ध वृद्धालाई मासिक पाँच हजारका दरले नगद सहयोग पनि गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button