तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं। विहीबार (आज) पश्चिम नेपालको गण्डकी र सदुरपश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बुधबारराति १२ बजेदेखि कास्कीका विभिन्न स्थानमा भारी वर्षा भई रहेको छ । कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाको तथ्याङक छ । 

विहीबार दिउँसो  देशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका स्थानहरुमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button