तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर दुई जनाको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज दिउँसो करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय सदानन्द सरदार र सोही ठाउँकी २१ वर्षीया अन्जली सरदार रहेका छन् ।

पानी तान्ने मोटर जडान भएको कलमा पानी तान्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको स्थानीय मनोज कुमार साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button