तपाईँ सुन्दै हुनुहुन्छः

गेष्ट हाउसको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु

चितवन । चितवनमा एक जनाको गेस्ट हाउसको तेस्रो तलाबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१ का ४१ वर्षीय कमलेश कुमार शाह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार गए राति १० बजे भरतपुर महानगरपालिका–१ स्थित गंगोत्री मार्गमा रहेको शुभरात्री गेष्ट हाउसको तेस्रो तलाबाट खसेर शाह गम्भीर घाइते भएका थिए ।

उनका उपचारको क्रममा गए राती नै १०ः५१ बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button