पेलोसीको ताइवान भ्रमण : चीन-ताइवान तनाव बढ्दो

बेइजिङ । चीनले अमेरिकी संसदका सभामुख न्यन्सी पेलोसीको ताइवान भ्रमणको विरोद्ध गर्दै उक्त भ्रमण उक्त क्षेत्रको स्थिरताका लागि खतरनाक भएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयले चीनका लागि अमेरिकी राजदूतलाई बोलाएर चीन चुप नबस्ने बताएको छ ।
यसैबीच सभामुख पेलोसीले आज बिहान ताइवानको संसद्मा सम्बोधन गर्नुभएको छ भने त्यहाँका राष्ट्रपति साइ इङ्ग वेनसँग भेट गर्नु भएको छ ।
पेलोसीले केही समयपछि उक्त टापु छोड्ने अपेक्षा गरिएको ताइवानको आधिकारिक केन्द्रीय समाचार एजेन्सीले उल्लेख गरेको छ ।
सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।
ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कूल तीन लाख सैनिक छन्।








प्रतिक्रिया राख्नुहोस्