तपाईँ सुन्दै हुनुहुन्छः

 अवरुद्ध नारायणगढ– मुग्लिन सडक दुईतर्फी सञ्चालनमा 

चितवन । पटक पटक पहिरोको कारण अवरुद्धहुंँदै आएको नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । 

आज बिहान २ बजेर ३० मिनेटदेखि भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो  । 

पहिरो पन्छाएपछि  आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  ।  

पहिरो खसेको स्थान प्रहरी चौकी जुगेडीबाट ८ किलोमिटर मुग्लिनतर्फ पर्दछ । यो बाटो भएर दैनिक झण्डै २० हजार सवारी साधन ओहोरदोहोर गर्छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button