तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतको समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युतको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।

file photo

मुख्यमन्त्री भट्टलाई डोटीका स्थानीयले आज दिपायल राजपुरमा भेटी डोटीमा दैनिक विद्युत् अनियमितता भइरहेको गुनासो गरेपछि नेपाल विद्युत् कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई मुख्यमन्त्री भट्टले विद्युतको समस्या छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री भट्टले प्रमुख देवलाई विद्युत् अनियमितताको समस्या तत्काल समाधान गर्न र जटिल खालका समस्या भए प्रदेश कार्यालयमा लेखी पठाउन निर्देशन दिनुभएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्टले समग्र जिल्लाको विद्युतीय प्रसारणको अवस्था र केन्द्रीय लाइन विस्तारको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button