तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा खातपनको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारलाई मातृशोक परेको छ । दमसम्बन्धी समस्याबाट पीडित नेता सत्तारकी ९४ वर्षीया आमा हज्जिन सफिना खातपनको नारायणी सामुदायिक अस्पताल चितवनमा सोमबार उपचारका क्रममा निधन भएको हो । 

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै खातपनको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले स्व खातुनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ । स्व खातुन नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएको काँग्रेसले जनाएको छ । खातपनको निधनबाट काँग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button