तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा ५ दिने निःशुल्क शल्यक्रिया शिविर सुरु

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा पाँच दिने निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।

सुष्मा मेमोरियल अस्पताल काठमाडौँको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय र डडेल्धुरा अस्पतालको आयोजनामा पाँच दिने निःशुल्क शिविर सुरु भएको हो ।

मङ्गलवार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले शिविरको उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्त्री बोहराले आगोले पोलेका, जलन भएका, ओठ र तालु फाटेका र दुर्घटनामा परी गम्भीर घाइते भएकाको उपचारका लागि डडेल्धुरामा बर्न र ट्रमा सेन्टर स्थापना गर्न आवश्यकतामा जोड दिँदै त्यसका लागि आफूले पहल गरिरहेको बताउनुभयो ।

२१ गतेसम्म सञ्चालन हुने निःशुल्क शिविरमा विभिन्न प्रकारका शारीरिक समस्या भएका व्यक्तिहरूको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षणसँगै शल्यक्रिया गरिने जनाइए छ ।

शिविरमा सेवा लिनेहरूको भीड लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button