तपाईँ सुन्दै हुनुहुन्छः

पशु रोग नियन्त्रण ऐनको तर्जुमा सम्बन्धमा अन्तरक्रिया आयोजना

काठमाडौँ । नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले पशु रोग नियन्त्रण ऐनको तर्जुमा सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

काठमाडौँमा आज आयोजित अन्तरक्रियामा विज्ञहरूले पशु रोगसम्बन्धी नयाँ ऐन बनाउनुपर्ने आवश्यकताका बारेमा चर्चा गर्दै विश्वव्यापी रुपमा फैलिएका विभिन्न महामारीहरूमध्ये ७० प्रतिशत महामारीहरू पशुपन्छीमा उत्पन्न भई मानिसमा सरेको पाइएको बताउनुभयो ।

उहाँहरूले मानव चुनौतीका रुपमा फैलिने सम्भावित महामारी नियन्त्रण गर्न स्पष्ट कानुनी व्यवस्था नभएमा रोग नियन्त्रणमा कठिनाइ आइपर्ने बताउनुभयो ।

कार्यक्रममा विज्ञहरूले नयाँ ऐन बनेपश्चात् पशुपन्छी तथा माछाका सङ्क्रामक रोगहरूको प्रभावकारी नियन्त्रण भई उत्पादन तथा उत्पादकत्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने भन्दै नेपालबाट हुने पशु तथा पशुजन्य पदार्थको व्यापार वृद्धि हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button