तपाईँ सुन्दै हुनुहुन्छः

अल-काइदाका प्रमुख अल जवाहिरीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु 

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले आतङ्ककारी समूह अल-काइदाका प्रमुख नेता आएमन अल जवाहिरीको  अमेरिकी सेनाको आक्रमणमा मृत्यु भएको पुष्टि गर्नु भएको छ । 

अमेरिकी गुप्तचर संस्था सिआइएले आइतबार अफगानिस्तानको राजधानी काबुलमा गरेको ड्रोन आक्रमणमा अल-काइदाका नेता जवाहिरीको मृत्यु भएको  राष्ट्रपति बाइडनले उल्लेख गर्नुभयो । 

सन् २०११ मा ओसामा बिन लादेनको मृत्यु पछि अल जवाहिरीले अलकाइदाको नेतृत्व गरेका थिए । 

अल  जवाहिरी अमेरिकीमा सन् २००१ मा भएको आतङ्ककारी हमलाका मुख्य योजनाकारका रुपमा लिइन्छ । 

“नाइन इलाभेन” नाम दिइएको त्यस घटनामा दुई हजार नौ सय छयानब्बे जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button