तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरीद्वारा धनगढीमा विशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालन

धनगढी । नेपाल प्रहरीले कैलालीको धनगढीमा विशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रहरी आवासीय विद्यालयको परिसरमा सञ्चालनमा ल्याएको अस्पतालको आज एक कार्यक्रमका बिच प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उद्घाटन गर्नुभयो । 

त्यस क्रममा उहाँले अस्पतालबाट विशेषज्ञ सहित उपचार सेवा प्रदान गरिने बताउनु भयो । अस्पतालमा आज देखी एक साता सम्म सबैलाई निःशुल्क उपचार सेवाको व्यवस्था गरिएको छ । अस्पताल सञ्चालनमा आएसँगै उपचार सेवा सहज हुने विश्वास गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button