तपाईँ सुन्दै हुनुहुन्छः

८ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज ८ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

३ हजार ६ सय ८५ नमूनाको पिसिआर परीक्षण गर्दा  ६ सय ३२ र २ हजार २ सय २४ नमूनाको एन्टीजेन परीक्षण गर्दा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । 

आज संक्रमित २ सय ६४ जना निको भएका छन् भने संक्रमित एकको मृत्यु भएको छ । 

यस्तै आज ३३ हजार १ सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button