तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु

नयाँ दिल्ली ।  विद्युतीय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ ।   

घटनामा परी अरू १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । 

देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

भारतमा लापरबाहीका कारण हरेक बर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button