तपाईँ सुन्दै हुनुहुन्छः

 अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको एसियाको भ्रमण सुरु 

काठमाडौं । अमेरिकी संसद अन्तर्गतको प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीले आफ्नो एसियाको भ्रमण सुरु गर्नु भएको छ । 

सभामुख पेलोसीले संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सिङ्गापुर मलेसिया, दक्षिण कोरिया र जापान लगायतमा इन्डो–प्यासिफिक राष्ट्रहरुको भ्रमण गर्ने संचार संस्था रोयटर्सले जनाएको छ । 

पूर्वी एसियाली राष्ट्रहरूसँगको आपसी सुरक्षा, आर्थिक सहकार्य लोकतान्त्रिक शासन लगायतका विषयहरू भ्रमणको मुख्य एजेन्डा रहेको रोयटर्सले उल्लेख गरेको छ । 

चीनको आपत्ति पछि सभामुख पेलोसीको सम्भावित ताइवान भ्रमण पछिल्लो भ्रमण सूचिबाट हटाइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले  जनाएका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button