तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको लज्जास्पद हार

काठमाडौं । साफ यू२० च्याम्पियन्सिपको समूह चरणको तेस्रो खेलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ ।

कालिंगा स्टेडियममा भएको खेलमा नेपाल ८-० गोल अन्तरले पराजित भएको हो । भारतका लागि पार्थिव गोगोइले दुई गोल गरे । टाइसन सिंह लोइटङबम, पाथुप गिमाना, हिमांशु झाङ्ग्रा, मोहमद रिकाज,गुर्किरत सिंह र सुभो पलले एक-एक गोल गरे ।

यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button