तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय बैङ्क लिमिटेडद्वारा फुल डबल मुद्दती खाता सञ्चालन

काठमाडौँ । राष्ट्रिय बैङ्क लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ बर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ ।

सो अवधिको अन्त्यमा बैङ्कले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरै दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् ।

यो मुद्दती खाता खोल्ने ग्राहकहरूले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा सुरुको वर्ष निःशुल्क र बाँकी अवधिको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरू पनि प्रदान गरिनेछ । देशभरका सम्पूर्ण शाखा कार्यालयहरू मार्फत यो मुद्दती खाता खोल्न सकिने छ ।

बैङ्कको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button