तपाईँ सुन्दै हुनुहुन्छः

एम्बुलेन्सको ठक्करबाट घाइते एक जनाको मृत्यु

भद्रपुर, झापा  । झापामा एम्बुलेन्सको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

यही साउन ४ गते झापाको सुरुंगा–कुमरखोद सडक–खण्डमा मे१च १६५४ नं.को एम्बुलेन्सले प्र १–०१–०१५ प २१४८ नं.को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटर चालक झापा गाउँपालिका– ६ निवासी २३ वर्षीय राजेश कार्कीको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा आज बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा स्कुटरको पछाडि रहेकी २० वर्षीया शर्मिला कार्की सामान्य घाइते भएकी थिइन् । 

एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड–१० निवासी ४६ वर्षीय चन्द्रबहादुर बिक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button