तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्ज १० का बासिन्दाले अब निःशुल्क रगत पाउने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका १० का स्थानीयले अब निःशुल्क रगत पाउने भएका छन् । 

वीरगञ्ज स्थित रक्तसञ्चार केन्द्र (ब्लड ब्याङ्क) केन्द्रबाट वडा नम्बर १० का बासिन्दाले निःशुल्क रगत पाउने भएका हुन् । वडा नम्बर १० को वडा समितिको कार्यालय र रेडक्रस सोसाइटी पर्सा शाखा बीच वडावासीलाई निःशुल्क रगत उपलब्ध गराउने विषयमा आज सम्झौता भएको छ । 

सम्झौता भएसँगै निःशुल्क रगतका लागि वडा अध्यक्ष सुशील साह कानुले रेडक्रस सोसाइटी पर्साका मन्त्री शैलेन्द्र चौरसियालाई आज नै एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । 

वडा अध्यक्ष कानुले अब वडाका कोही पनि बासिन्दा बिरामी भएर रगतको आवश्यकता परे वडा कार्यालयबाट सिफारिस पत्र लिएर रक्तसञ्चार केन्द्रमा गए निःशुल्क रगत पाउने बताउनुभयो । 

उनले आफ्नो वडाका कोही पनि जनता पैसाको अभावमा स्वास्थ्य सेवाबाट वञ्चित नहोउन् भन्ने आफ्नो उद्देश्य रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button