तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा कोरोना संक्रमित बढ्न थाले

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।

पछिल्लो दुई हप्ताको बीचमा सङ्क्रमितहरूको सङ्ख्या आठ पुगेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

संक्रमितहरु मध्य ६ जना पुरुष र २ जना महिला रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा नै उपचार भइरहेको र अवस्था सामान्य रहेको  स्वास्थ्य अधिकृत अनुप अधिकारीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको चौथो लहर सुरु हुने बित्तिकै जिल्लामा पनि संक्रमितहरु पनि बढ्न थालेपछि भोलिबाट पिसिआर परीक्षण सुरु हुने पनि उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button