मकै ब्लक कार्यक्रमबाट किसानको मकै उत्पादनमा सुधार
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं.३ पिङडाँडामा सञ्चालन गरेको मकै ब्लक कार्यक्रमबाट किसानको मकै उत्पादनमा सुधार आउन थालेको छ ।
पिङडाँडामा रहेको ढुङ्गे कृषि सहकारी संस्था लिमिटेडले कृषि ज्ञान केन्द्र धनकुटाको प्राविधिक तथा आर्थिक सहयोगमा मकै ब्लक विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । मकै ब्लक विकास कार्यक्रम सञ्चालन पछि सहकारीमा आबद्ध कृषक मकै उत्पादनमा वृद्धि हुन थालेको सहकारीका अध्यक्ष डिल्लीश्वर लिम्बुले बताउनु भयो ।
सहकारीका अध्यक्ष डिल्लीश्वर लिम्बुका अनुसार मकै ब्लक कार्यक्रम अन्तर्गत आफूहरूले चालु आ.व.मा ३ सय ५० घरमा कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । उहाँले कार्यक्रमबाट प्राप्त अनुदान बाट कृषकलाई उन्नत जातको २६ सय केजी मकै बिउ, मल, मकै छोडाउने मेशिन लगायतका विभिन्न सामाग्री वितरण गरेको जानकारी दिनु भयो ।
विनियोजित बजेट मध्येबाट १२ लाख, ८६ हजार, १ सय अनुदानमा ६ लाख, ६९ हजार, ४ सय जना सहभागिता सहित १९ लाख, ५५ हजार, ५ सय बराबरको कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्र धनकुटाका अधिकृत विशाल राईले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्