तपाईँ सुन्दै हुनुहुन्छः

५० भन्दा बढी युक्रेनी युद्ध बन्दीको ज्यान जाने गरी भएको आक्रमणबारे अनुसन्धान गर्न सयुंक्त राष्ट्र संघ र रेड क्रसलाई युक्रेनको आह्वान

काठमाडौं । युक्रेनले रुसको कब्जामा रहेको डोनेस्क क्षेत्रमा ५० जना भन्दा बढी युक्रेनी युद्ध बन्दीको ज्यान जाने गरी भएको हवाई आक्रमणबारे अनुसन्धान गर्न सयुंक्त राष्ट्र संघ र रेड क्रस समक्ष आह्वान गरेको छ । 

घटना पछि अन्तर्राष्ट्रिय रेड क्रसले आक्रमण भएको कारागार पुगेर घाइतेलाई उपचार र स्थानान्तरण गर्न अनुमति खोजिरहेको बताएको छ । 

रुस र युक्रेनले त्यस आक्रमणका लागि एक अर्कालाई आरोप लगाइरहेको छन् । 

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले युक्रेनी युद्ध बन्दी माथिको आक्रमण सुनियोजित रुसी युद्ध अपराध  भएको बताउनु भएको छ । 

रुसले भने उक्त घटना युक्रेनी रकेट आक्रमणबाट घटेको आरोप लगाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button