गत वर्ष दाङबाट करिब साँढे चार लाख किलो जडीबुटी निकासी
दाङ । गत वर्षमा दाङबाट मात्रै करिब साँढे चार लाख किलो जडीबुटी निकासी भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय वन र निजी आवादी वन क्षेत्रबाट चार लाख ३८ हजार ९५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको हो ।
दाङबाट निकासी हुने जुडीबुटीमा राष्ट्रिय वन क्षेत्रको तुलनामा निजी वन आवादी वन क्षेत्रबाट उत्पादित अत्यधिक रहेको छ ।
जडीबुटीको कूल निकासीको ८२ प्रतिशत निजी आवादी वन क्षेत्रबाट उत्पादित जडीबुटी रहेको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ ।
कार्यालयका अनुसार बितेको छ वर्षमा अठार लाख ७४ हजार एक सय ३३ किलो जडीबुटी निकासी भएको छ ।
यस अवधिमा निजी आवादी वन क्षेत्रबाट पन्ध्र लाख ३९ हजार ४८७ किलो जडीबुटी निकासा हुँदा राष्ट्रिय वन क्षेत्रबाट जम्मा १७ प्रतिशत अर्थात् तीन लाख ३४ हजार छ सय ४६ किलो मात्रै रहेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।
यस अवधिमा दाङबाट सबैभन्दा धेरै टिमुर निकासा भएको छ । दुवै क्षेत्रबाट गरी हालसम्म छ लाख ७६ हजार पाँच सय ११ किलो टिमुर निकासा भएको छ राष्ट्रिय वन तथा निजी आवादी वन क्षेत्रबाट टिमुर, मालागेडी, रिठा, काउलो बोक्रा, दालचिनी बोक्रा, तेजपात, लहरे गुर्जो, अमला, बर्रो, चिराइतो, चुत्रोलगायतका जडीबुटीको निकासी भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्