लुम्बिनी प्रदेश सभा: नवनिर्वाचित विषयगत समितिका सभापतिहरूद्वारा शपथ ग्रहण
रुपन्देही । लुम्बिनी प्रदेश सभामा नवनिर्वाचित विषयगत समितिका सभापतिहरूले शपथ ग्रहण गर्नुभएको छ ।
शुक्रबार प्रदेशसभा सचिवालयमा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले शुक्रबार नै पदभार ग्रहण गर्नुभएको छ ।

प्रदेशसभामा रिक्त रहेका चार विषयगत समितिका सबै पदमा एकल उम्मेदवारी परेपछि सभापतिहरू निर्विरोध निर्वाचित हुनुभएको थियो । प्रदेशसभाको महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विष्णुप्रसाद पन्थी, कृषि वन तथा वातावरण समितिको सभापतिमा नेकपा एमालेका जाल्पा भुसाल र सामाजिक विकास समितिको सभापतिमा एमालेकै बाबुराम गौतम र अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्