अरिङ्गालको टोकाइबाट १ जनाको मृत्यु
बागलुङ । अरिङ्गालको टोकाइबाट बागलुङमा पर्वतका एक युवाको ज्यान गएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारलाई अरिङ्गाल पोल्ने क्रममा टोकेर गम्भीर घाइते भएपछि धौलागिरि अस्पताल बागलुङमा पुर्याइएको र उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
परियार गए राति घर नजिकैको जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भीर घाइते भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्