तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बर वृद्धि

बारा । बाघको बासस्थान रहेका ५ वटा राष्ट्रिय निकुञ्जमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बर भन्दा बढी वृद्धि भएको छ । सन् २०१८ मा गणना हुँदा १८ रहेको बाघको सङ्ख्या सन् २०२२ मा ४१ पुगेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बाघको सङ्ख्या सोचेको भन्दा राम्रो गरी बढेको बताउनुभयो । बासस्थान क्षमता अनुसार पानी र घाँसे मैदान अरू बढाउन सके अझ बाघको सङ्ख्या बढ्ने विश्वास उहाँको छ ।

संरक्षण अधिकृत साहले बाघको सङ्ख्या वृद्धिदर सकारात्मक भए पनि चुनौती पनि त्यतिकै थपिएको बताउनुभयो । निकुञ्ज पूर्व–पश्चिम राजमार्ग र मानव बस्तीसँगै जोडिएकाले मानवीय क्षति र दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । गत वर्ष निकुञ्जको आधाभारदेखि पथलैया सडक खण्डमा एक वयस्क पोथी बाघको दुर्घटनामा मृत्यु भएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button