तपाईँ सुन्दै हुनुहुन्छः

करारमा कार्यरत कर्मचारीहरूको पेशागत सुरक्षा सुनिश्चित गर्न माग 

काठमाडौं । नेकपा एमालेले देशभरि अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरूलाई राजनीतिक पूर्वाग्रहका कारण सरकारले बर्खास्त गर्न लागेको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज एक विज्ञप्ति जारी गर्दै बहालमा रहेका कर्मचारीहरूलाई नियमित रुपमा काम गर्न पाउने पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

राज्य र जनता बीचका सम्बन्धहरूलाई सेवा प्रवाहमार्फत कानूनी राज्यको प्रत्याभूति दिलाउने काम कर्मचारीतन्त्रले गर्ने नेकपा एमालेको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button