तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था सेवा कार्यालय चितवनद्धारा साँढे ७३ करोड राजश्व सङ्कलन

चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले आर्थिक बर्ष ०७८,०७९ मा साँढे ५३ करोड बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयका अनुसार गत आर्थिक बर्ष साउन देखि असार मसान्तसम्म ७३ करोड ५४ लाख ३७ हजार ८१३ रुपैंया राजश्व सङ्कलन गरेको हो । कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारी साधन कर, सवारी दस्तुर, आयकर शीर्षकबाट राजश्व सङ्कलन गर्दै आएको छ ।

यी शीर्षक मध्ये सबै भन्दा बढी सवारी साधन कर बाट ५७ करोड ८४ लाख ५६ हजार ८३ रुपैंया सङ्कलन गरेको छ भने कम प्रशासनिक दण्ड जरिवानाबाट ५७ लाख १९ हजार ८८६ रुपैंया सङ्कलन गरेको छ । यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७८ लाख १८ हजार ५१६ रुपैंया, सवारी दस्तुर शीर्षकबाट ६ करोड ६७ लाख ३५ हजार १४३ रुपैंया , र आयकर शीर्षकबाट २ करोड ६७ लाख ८ हजार १८४ रुपैंया सङ्कलन गरेको जानकारी दिएको छ ।

कार्यालयका प्रमुख विनोद पौडेलले गतबर्ष अनुमानित लक्ष्य भन्दा बढी कार्यालयले राजश्व सङ्कलन गरेको बताए । ‘गतबर्ष ६५ करोड हाराहारीमा राजश्व सङ्कलन गर्ने लक्ष्य थियो तर लक्ष्य भन्दा बढिनै राजश्व सङ्कलन गर्न सफल भयौँ ।’ प्रमुख पौडेलले भन्नुभयो ।

कार्यालयले हाल नयाँ सवारी अनुमति पत्र बाहेक सबै काम यही कार्यालयबाट गर्दै आएको छ । उहाँका अनुसार बर्सेनि सवारीसाधनको सङ्ख्या बढ्नुको साथै सेवा र करमा पनि केही प्रतिशत वृद्धि भएकोले लक्ष्य भन्दा बढी राजश्व सङ्कलन भएको हो । ‘सूचना प्रविधिमैत्री सेवा, सवारीसाधनको वृद्धि, जरिवाना र सेवा विस्तारले अपेक्षित भन्दा बढी राजश्व सङ्कलन भएको हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button