तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो ब्याचको नवीनतम सोचहरूको लागि आवेदन खुल्ला

काठमाडौँ । नबिल सामाजिक उद्यमशीलता कार्यक्रमले दोस्रो ब्याचको नवीनतम सोचहरूको लागि आवेदन खुल्ला गरेको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल अफ सोसल इन्टरप्रेनरशीप इन्डियाको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग गर्ने बैङ्कको विश्वास लिएको छ ।

कार्यक्रमका लागि कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायतका क्षेत्रमा नवीनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् ।

सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने सो कार्यक्रम ६ महिनासम्म चल्ने छ । आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि सुरु गरिएको फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको बैकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button