तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूद्वारा शपथ ग्रहण

काठमाडौँ । विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

जापानका लागि डा. दुर्गा बहादुर सुवेदी, गणतन्त्र दक्षिण अफ्रिकाका लागि दान बहादुर तामाङ, स्पेनका लागि डा. शर्मिला पराजुली (ढकाल), मिलनराज तुलाधर रुसी महासङ्घ तथा डेनमार्कका लागि प्रा.डा. राम स्वार्थ रायले पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कार्यक्रममा परराष्ट्र मन्त्री डा. नारायण खड्का लगायत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button