तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानको जाबुल प्रान्तमा विस्फोट हुँदा २ बालबालिकाको मृत्यु, १० जना घाइते

कलात, अफगानिस्तान। देशको दक्षिणी जाबुल प्रान्तमा मङ्गलबार विगतको युद्धबाट बाँकी रहेका विस्फोटक पदार्थ विस्फोट हुँदा कम्तीमा दुई बालबालिकाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

“आज दिउँसो मिजान जिल्लामा बालबालिकाको एउटा समूहले खेलौना जस्तो वस्तु फेला पारेको थियो र खेल्ने क्रममा त्यो विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्,” एक अधिकारीले सीन्ह्वालाई नाम नभन्ने शर्तमा बताएका छन्।

यसैबीच जनस्वास्थ्य विभागका प्रान्तीय प्रमुख अब्दुल हाकिम हाकिमीले दुई जनाको शव र १० जना घाइते बालबालिकालाई अस्पताल लगिएको पुष्टि गरेका छन् । पछिल्लो पाँच दिनमा दक्षिणी क्षेत्रमा घटेको यो दोस्रो घटना हो।

यसैगरी छिमेकी हेलमान्डको प्रान्तीय राजधानी लस्करगाहमा शुक्रबार यस्तै घटनामा एक बालकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

अफगानिस्तानलाई विश्वमा सबैभन्दा बढी खानी प्रदूषित देश मानिन्छ । युद्धबाट बचेका खानी र विस्फोटन नगरिएका हतियारहरूले प्रायःबालबालिकाहरूको ज्यान लिने घटनाहरू प्रायः घटिरहने गर्दछ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button