शिक्षामन्त्री पौडेल र प्राध्यापकहरूबिच छलफल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापक संघका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाइबारे शिक्षामन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीहरूसँग बीच छलफल गर्नुभएको हो ।

मङ्गलवार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालय सुधारका लागि प्राध्यापकहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गर्नुभयो ।
त्यस अवसरमा खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा ढिलाइ भएकोबारे मन्त्री पौडेलले प्राध्यापक संघका पदाधिकारीहरूसँग सुझाव माग्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्